गगन भन्छन् -'ससुरालाई जिताउन प्रयोग भईदिने म कुनै मुर्ख राजनीतिकर्मी होइन'

Posted on: May 02, 2016 | views: 361

२२ फागुन, काठमाडौं  ।

नेपाली कांग्रेसका महामन्त्री उम्मेदवार गगन थापाले आफूले जीवनको सबैभन्दा ठूलो जोखिम उठाएको बताएका छन् । ससुराको सिट सुरक्षित गरिदिनका लागि चुनाव लडेको चर्चा चलिरहेको भन्ने आरोप लागिरहेको बेला बन्दसत्र स्थल भृकुटीमण्डपमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

महामन्त्रीका उम्मेदवार थापाले आफूले कसैको छोरा वा कसैको बुबा चुनाव लड्दैछ भन्ने हेरेर निर्णय नगरेको बताए । कांग्रेस संस्थापन पक्षले केसीलाई जिताउनैका लागि गगन थापा चुनाव लडेको प्रचार गरेपछि उनले त्यसको खण्डन गरेका हुन् ।

उनले आफू अरुका लागि प्रयोग भईदिने मूर्ख राजनीतिकर्मी नभएको प्रतिकृया दिए । ‘मेरो बुबा लड्नुभएको छ निर्वाचनमा म संग र विपीको छोरा लड्नुभएको छ’ उनले भने ‘म आफू महामन्त्री बन्नका लागि जिवनको सबैभन्दा ठूलो राजनीतिकजोखिम उठाएर बनेको बेलामा यतीबेला यस्तो कन्जरभेटिभ पार्टीभित्र मैले अरु कसैका लागि प्रयोग गरीदिनुपर्ने म कुनै मुर्ख राजनीतिकर्मी होइन ।’

नेपालको राजनीति १२ बुँदे समझदारी हुँदै अहिले जुन कोर्षमा अघि बढेको छ, यसमा संलग्न भएको मुख्य पात्र कृष्ण सिटौला भएको भन्दै गगनले आफ्नो प्यानललाई संविधानको पक्षपाती समूह भनेका छन् ।