कोइरालालाई श्रद्धाञ्जली दिन जाँदा ढलेका नरहरीबारेको अवस्था श्रद्धाबाट सार्वजनिक

Posted on: May 02, 2016 | views: 520


१९ फागुन, काठमाडौं ।
पार्टी सभापती रहेका सुशील कोइरालाको मृत्यु हुँदा उनलाई श्रद्धाञ्जली दिन जाँदा अचेत भई ढलेका काँग्रेस नेता नरहरी आचार्यबारे पत्नी श्रद्धाले सार्वजनिक गर्नुभएको हो ।

हाल नरहरी आचार्यको अवस्था सामान्य उन्मुख रहेको भन्दै पत्नी श्रद्धाले नरहरीसँगै बसेको तस्विर सहित उनको अवस्थाबारे हालै फेसबुकमा लेखेर उनको अवस्थाबारे बताउनुभएको हो ।

श्रद्धा शर्माले फेसबुकमा अवस्था सामान्य हुँदै गएको भन्दै धेरैजनासँग बोल्न र बहस गर्न समय लाग्ने भन्दै स्वास्थ्य लाभको शुभकामना गर्ने सबैप्रति कृतज्ञता जनाउनुभएको छ ।

विस्तारै बोल्ने र आफ्ना कुरा राख्ने गर्न थालेको भन्दै नरहरी आचार्य पत्नी श्रद्धाले चिकित्सक सहित शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दै यस्तो लेख्नुभएको छ ।

हामी कृतज्ञ छौं
स्वजन र मित्रहरुको माया, सद्भाव तथा चिकित्सकहरुको मेहनतका कारण नरहरिजीको स्वास्थ्यमा निकै सुधार भएको छ ।

यद्यपि धेरैजनासंग बोल्न, बहस बातचित गर्न अझै समय लाग्ने चिकित्सक बताउँछन्। सुरुदेखि नै उहाँको चेतनामा कुनै कमी नभएको अनुभव हामी परिवारले गरेका छौं ।

विषय बुझेर बेलाबखत विस्तारै आफ्ना कुरा भन्ने बोल्ने पनि गर्न थाल्नुभएको छ। तर हामी उहाँलाई भार पर्ने गरी केही पनि गरिरहेका छैनौं। चिकित्सककै सल्लाहमा हामीले उहाँका भेटघाट सीमित बनाएका हौं ।

आत्मीयता र स्नेह बोकेर टाढाटाढाबाट भेट्न आउनुभएका मित्रहरुलाई उहाँसंग भेट्ने व्यवस्था मिलाउन नसक्ता हामीलाई दु:ख लागेको छ, तर यस मामिलामा उदारतापूर्वक सबैले हामीलाई सघाइरहनुभएको छ, हामी कृतज्ञ छौं ।

अस्पताल आएर, फोन गरेर, अथवा जहाँसुकैबाट उहाँका निम्ति शुभ भाव प्रकट गर्ने सबै प्रियजनमा हार्दिक आभार व्यक्त गर्दछु।
शारदा शर्मा
२०७२ फागुन १९, बुधबार