यस्तो छ मोर्चाको थप आन्दोलनका कार्यक्रम तालिका (विज्ञप्तिसहित)

Posted on: May 03, 2016 | views: 268

काठमाडौं,फागुन १९ ।  लामो समय यता अधिकार प्राप्तिको लागि भन्दै तराई मधेसमा आन्दोलन गर्दै आएको मोर्चाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप संघर्षको कार्यक्रम घोषणा गरेको छ । मंगलबार र बुधबार बसेको मोर्चाको बैठकले थप कार्यक्रम सार्वजनिक गरेको हो । 

कार्यक्रम अनुसार  फागुन २५ देखि चैत १ गतेसम्म हरेक जिल्लामा जागरणसभा गर्ने, चैत ५ गते जिल्ला सदरमुकामको निश्चित स्थानमा दिनको १ बजेदेखि १ घण्टासम्म जुलुस प्रदर्शन गर्ने, चैत ७ गते संविधान जारी गर्ने सभासदहरुको प्रतिकको रुपमा एउटै विशाल पुतला बनाई दहन गर्नेकार्यक्रम गरेको मोर्चाको मंगलबार र बुधबार गरि दुई दिनसम्म चलेको बैठकपछि जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

संघीयताको सीमाङ्कन लगायत संविधानका कतिपय प्रावधानमाथि विरोध जनाउँदै आन्दोलनमा रहेको मोर्चाले थप संघर्षका कार्यक्रम तय गरेको हो । यसअघि नाकाबन्दी, आमहड्ताल जस्ता कार्यक्रम गरेको मोर्चाले संघर्षका ुनरमु कार्यक्रम तय गरेको हो।  यस्तै मोर्चाले सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था र समानुपातिक समावेसिताको सिद्धान्त प्रतिकूल हुनेगरी सर्वोच्च अदालतको लागि न्याय परिषद्बाट भएको न्यायाधीशहरुको सिफारिसको पनि मोर्चाले विरोध जनाएको छ ।