कांग्रेस संस्थापनमै त्रिपक्षिय भिडन्त,सुजाताद्वारा सभापतिमा उम्मेद्वारी घोषणा

Posted on: May 03, 2016 | views: 255

१९ फागुन, काठमाडौं । 
नेपाली कांग्रसकी नेतृ सुजाता कोइरालाले आशन्न महाधिवशेनका लागि सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी छन्। मण्डिखाटारस्थित आफ्नै निवासमा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी 
पार्टी सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेकी हुन् । पार्टीले महिलालाई अपमान गरेको भन्दै अब महिला नेतृत्वले पार्टी हाँक्न र बीपी र जीपीको लाइन जोगाउन आफुले उम्मेद्वारी दिएको बताईनन् । 

उनले आफ्नो उम्मेद्वारी कुनै पनि हालतमा फिर्ता नहुने भन्दै आफू ब्याक नहुने तर अरूनै ब्याक हुनुपर्ने बताइन्। उनीसंगै नेपाली काँग्रेसमा सभापतिको आकांक्षीहरु चार जना देखिएका छन । संस्थापन पक्षबाट बर्तमान उपसभापति रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आजै उम्मेदरवारी घोषणा गर्ने तयारीमा छन् भने शेरबहादुर देउवापक्षले प्यालनसहित भोलि उम्मेद्वारी घोषणा गर्नेछ । महाधिवेशन बिहीबारबाट सुरू हुँदैछ । महाधिवेशनमा ३२ सय ९७ प्रतिनिधि सहभागी हुँदैछन् । चार दिनसम्म चल्ने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि राजधानी आउने क्रम जारी छ ।