प्रधानमन्त्री ओलीले बालुवाटार छाडे,बालकोटसम्म युवाको स्कर्टिङ

Posted on: August 03, 2016 | views: 242

काठमाडौं,साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन्। व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छाडेका हुन् । उहाँलाई बालकोटसम्म युवाहरुले स्कर्टिङ गर्दै स्वागत गरेका छन् ।  प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिनुको  साथै  बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोप्नु भएको थियो ।  निवास छोडेलगतै उनी व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर पुगेका छन् ।

यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्दा एमाले निकट स्वतन्त्र युवा अभियानको नेतृत्वमा उनका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पुर्याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उनलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।