मोर्चालाई सरकारमा ल्याउन त्रिपक्षीय समिति गठन

Posted on: July 30, 2016 | views: 247

काठमाडौं, साउन १५ ।  सहमतीय सरकारका लागि राष्ट्रपतिले दलहरूलाई दिएको समय आइतबार सकिने भएसगै दलहरु छलफलमा व्यस्तछन् । सहमतीय सरकारको लागि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकारमा ल्याउन   त्रिपक्षीय समिति गठन गरिएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा मोर्चा सम्मिलित कार्यदल गठन गरिएको छ । मोर्चाका माग र सरकारमा सहभागी हुने मस्यौदा तयार गर्न कांग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीनतीन जना सदस्य रहनेगरि कार्यदल बनाइएको छ । मोर्चाले आफ्ना मागबारे प्रस्ट रूपमा लिखित सहमति भएमा मात्र नयाँ प्रधानमन्त्रीको चुनावमा सहयोग गर्ने यसअघि पनि बताउदै आएको छ । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाबाट महन्थ ठाकूरलगायतका नेताहरु सहभागी थिए । मधेस आन्दोलन र मुद्दाबारे सहमति खोज्न तीनवटै पक्षबाट तीनतीन जना रहने गरी नौ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ ।