बाढी-पहिरोबाट ७२ घण्टामा ६६ जनाले ज्यान गुमाए

Posted on: July 28, 2016 | views: 559

काठमाडौं,साउन १३ । अविरल वर्षापछि आएको बाढी-पहिरो तथा डुबानबाट ३ दिनमा ६६ जनाको ज्यान गएको छ । १५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन् । सोमबार रातिदेखि आएको वर्षाका कारण बाढीपहिरो जाँदा झापा, सुनसरी, सप्तरी, रौतहट, प्युठान, बागलुङ, बाँके, रोल्पालगायत एक दर्जनभन्दा बढी जिल्ला बाढीबाट प्रभावित बन्न पुगेको छ । कबिर ३ हजार परिवार प्रकोपबाट प्रभावित छन् । ७६ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

जोखिमपूर्ण क्षेत्रका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।