कांग्रेसमा तिन प्यानल, देउवा साईत हेराएर प्यानल घोषणा गर्दै

Posted on: May 02, 2016 | views: 179

१९ फागुन, काठमाडौं ।
कांग्रेस नेतृत्वका लागि संस्थापन पक्षबाट दुईसहित तीन प्यानल निर्वाचनको मैदानमा उत्रने भएको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौला नेतृत्वको प्यानलको बुधवारै औपचारिक घोषणा हुँदैछ ।

बरिष्ठ नेता शेरवहादुर देउवा पक्ष भने बिहीवार या शुक्रबार मात्रै घोषणा गर्ने तयारीमा छ ।
स्रोतका अनुसार देउवाले ज्योतिष साइतअनुसार घोषणा गर्न लागेका कारण ढिलाइ हुने भएको हो ।
 
तीनै प्यानलमा कोषाध्यक्षको निर्णय भएको छैन। पौडेल नेतृत्व प्यानलमा बीपी पुत्र शशांक कोइराला महामन्त्रीका उम्मेदवार हुने भएका छन् ।
बरिष्ठ नेता देउवाले अर्जुननरसिंह केसी र सिटौलाले युवा नेता गगन थापालाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय लिएका छन् ।
 
देउवा पक्षको प्यानल घोषणा नहुँदै केसीले मंगलबारै महामन्त्रीको उम्मेदवारी घो्षणा गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।