काभ्रे, तनहुँ र नुवाकोटमा नेपाललाई ९० दिन पुग्ने ईन्धन ट्यांक चिनले बनाइदिने

Posted on: May 02, 2016 | views: 176

१९ फागुन, काठमाडौं ।
चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने छ ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।
 
चीनले नेपाललाई ३ महिनासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता ९डिपो० निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारीमा जुटेको छ ।

त्यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको कारोबार दैनिकमा समाचार छ ।
 
कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ ।