पौडेल प्यानलको घोषणा भोलि सानेपावाट,शशांक महामन्त्री,कोषाध्यक्ष अझै अनिश्चित

Posted on: May 02, 2016 | views: 290

१८ फागुन, काठमाडौं ।
नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि सस्थापनको पक्षवाट बलियो मनिएका नेता रामचन्द्र पौडलले भोलि बुधबार औपचारिक उम्मेदवारीको घोषणा गर्ने भएका छन् । अपराहृन ४ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो टीम सार्वजनिक गर्न लागेका हुन् । पौडेलको टीमबाट महामन्त्रीमा शशांक कोइरालाको नाम तय भएपनि कोषाध्यक्ष टुंगो भने अझै लागेको छैन् ।  पौडेल समूहको उपसभापतिका रुपमा प्रकाशमान सिंहको नाम पक्का पक्की जस्तै भएको छ ।