संसद वैठक स्थगित,शीर्ष नेताहरु अझै छलफलमै

Posted on: July 21, 2016 | views: 391

काठमाडौं,साउन ६ । व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ । मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि आजको लागि डाकिएको वैठक स्थगित भएको हो । पहिला बजेट विधेयक कि अविश्वास प्रस्तावमाथि छलफल गर्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच विवाद कायम रहेपछि बैठक स्थगित गरिएको हो ।  बिहान ११ बजेबाट २ बजे सारिएको बैठक नेताहरुबीच सहमति हुन नसक्दा बस्दै नबसी सूचना टाँस गरेर स्थगित गरिएको हो ।