१८ फागुन, काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमा तथानाम लेख्दै फेसबुकमा अपमानजनक शब्द लेख्ने एक फोरम ेनता पक्राउ परेका छन् ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका सचिव रामऔतार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाउने युवाहरुलाई पक्राउ गरेको विरोधमा गाली गलौज गर्दै फेसबुकमा यि नेताले गाली गलौज गरेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दिएको जानकारी अनुसार रुपन्देहीबाट पक्राउ गरेर यादवलाई काठमाडौं ल्याइएको छ । उनलाई साइबर अपराधमा मुद्दा चलाउन काठमाडौं परिसर पठाइएको छ ।
तर जथाभावी बोल्ने यी यादवलाई भने तत्काल नछाडे आन्दोलन गर्ने भन्दै उपेन्द्र यादव नेतृत्वको फोरमले विज्ञप्ति निकालेर चेतावनी दिएको छ ।
मोर्चाका नेता महेन्द्र यादवले निकालेको विज्ञप्तिमा यादवको अबस्था सार्बजनिक गर्न र रिहा गर्न माग गरेका छन् ।