राता रात तटबन्धमा तार जालीमा ढुङ्गा भर्दै सुरक्षाकर्मी र स्थानिय

Posted on: July 19, 2016 | views: 383

पप्पु गुरुङ्, ४ साउन, दोधारा चाँदनी  । महाकाली नदीको तटबन्ध फुट्न थालेपछि स्थानिय, ईलाका प्रहरी कार्यालय, सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मझगाँउ, नेपाली सेना र स्थानियहरुले राता रात तटबन्धमा तार जालीमा ढुङ्गा भर्न खटिएका छन् । नेपाली सेनाका मेजर सुजन शाक्यको कमाण्डमा ३९ जना सैनिक जवान, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय मझगाँउका प्रहरी निरिक्षक गजेन्द्र चन्दको कमाण्डमा ३१ जना प्रहरी तटबन्धमा तार जालीमा ढुङ्गा भर्न लागेका प्रहरीले जनाएको छ् । जनताको तटबन्ध कार्यक्रम अन्र्तगत दोधारा चाँदनीमा रहेको तार जालीमा ढुङ्गा हाल्न थालिएको बताईएको छ् । करिब २ सय जनाले अबेर राती सम्म तटबन्धमा तार जालीमा ढुङ्गा भर्न लागिएको सशस्त्र सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर धामीले जानकारी दिनुभएको छ् । स्थानियहरुको ट्याक्टर, ट्रक तथा ढुङ्गा समेत प्रयोग गरिएको छ् । स्थानिय शुरेस गिरी अनुसार राता रात नदीको उपाय नखोजे रातीनै महाकाली नदी दोधारा चाँदनीको गाँउ बस्तीमा पसेर बिध्वंस मच्चाउने निश्चित भएको बताएका छन् । तटबन्धमा तारजाली भर्नमा सहयोग गर्ने स्थानिय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएर लागिपरेको स्थानिय गिरीले बताउनुभएको छ् ।