अन्तत:फुट्यो कांग्रेस संस्थापन,सिटौला प्यानलको घोषणा भोलि ११ बजे अनुपमा फूडल्याण्डमा 

Posted on: May 03, 2016 | views: 512

१८ फागुन,काठमाडौं ।  
नयाँ नेतृत्व चयनको लागि १३ औं महाधिवेशनको संघारमा रहेको  नेपाली कांग्रेसको संस्थापन पक्ष अन्तत फुटेको छ ।  यसअघि दुईवटा गुट देखिको कांग्रेसले यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने देखिएको छ ।

कार्यबाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिमा बुधवार टीम घोषणा गर्ने भएका छन् ।  देउवा पक्ष आफ्नै पहुँच बनाएर अघि सरिरहेको छ ।

तर आज सम्मपनि कुनै पक्षले पनि उम्मेदवारी घोषाणा भने गर्न सकेका छैनन् । देउवा पक्ष र संस्थापन पक्षमा महामन्त्री र कोषाध्यक्षको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

सिटौलाले बुधवार बिहान ११ बजे अनुपमा फूडल्याण्ड बत्तिसपुतलीमा उम्मेदवारी घोषणासभा राखेका छन् भने पौडेलले पनि बुधवारै टीम घोषणा गर्न लागेका हुन् । सिटौलाको महामन्त्रीमा युवा नेता गगन थापा उठ्ने पक्का भएपछि सिटौलाले बुधवार अन्य पदाधिकारीको पनि टीम घोषणा गर्न लागेका हुन् ।

देउवाको टीमबाट महामन्त्रीमा अर्जुननरसिंह केसीले मंगलवार नै उम्मेदवारी घोषणा गरेका छन् ।  संस्थापन पक्षमा कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिका अर्का आकांक्षी महामन्त्री कृष्ण सिटौलासंग मिलेर जाने अन्तिम प्रयासस्वरुप आज वार्ता गर्ने भने पनि वार्ता विफल हुन सकेन् ।