नेकपा(एमाले) द्धारा प्रहरीले गरेको दमन प्रति खेद प्रकट : प्रहरीको डरले वालवालिकाको बिचल्ली

Posted on: July 09, 2016 | views: 360

पप्पु गुरुङ्, २५ असार, दोधारा चाँदनी । प्रहरीको त्रासको कारण कञ्चनपुरको दोधारा चाँदनीका ६ दलित घरधुरीका आमा बाबु फरार भएपछि उनिहरुका नानीहरुको बिचल्ली भएको छ् । उनिहरु डरै डरले रातभरी एक्लो घरमा सुत्नु परेको बताईएको छ् ।  प्रहरीले मानव तस्करीमा संलग्न अरोपितलाई पक्राउ गर्दा गाँउनै त्रसित गराउदै ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको कारण ६ घरधुरीका आमा, बाबु प्रहरीको त्रासको कारण बिस्तापित भएका हुन् । प्रहरीले सुत्केरी महिलालाई समेत मध्यरातमा मच्छरदानीमा बाहिर निस्कन लगाई धम्काउन थालेपछि वालवालिकामा थप डर उत्पन्न भएको स्थानियहरुले बताएका छन् । नेपाल/भारत सिमा क्षेत्रमा रहेको दोधारा चाँदनीको सुन्दरनगर बस्तीमा चोर, डाका भन्दा अहिले प्रहरीको त्रास बढेको स्थानियहरुले बताउन थालेका छन् । प्रहरीको अनुसन्धान पछि  काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती (नाउ नखुलेको) को नाउमा  प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ गते देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई भगाउन सहयोग गरेको भन्दै सार्वजनिक मुद्धा दर्ता गरेको हो । जेठ १८ गते मंगलवार करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गगन ढुङ्गाल दोधारा चाादनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । पक्राउ गर्ने क्रममा प्रहरीले पेस्तोलले एक राउण्ड हवाई फायर समेत गरेको थियो । १४ वर्षिय अन्जली सुनारले प्रहरीको पड्काएको पोस्तोलको डरले राती पनि डर लाग्ने गरेको बताएका छन् । “कहिले गोली पड्केको सुनेको थिएन्” अन्जलीले भनिन् । प्रहरीले तिम्रो आमा, बाबुको फोन नम्वर देउ भन्दै शरिरमा खानतलासी गरेको बताएका छ् । “खानतलासी गर्दा मेरो शरिरै डरले काम्यो” अन्जलीले थपिन् । अन्जली मात्रै नभै सुन्दरनगरको आधा दर्जन वालवालिका प्रहरी कतिबेला आएर बन्दुक पड्काउने हो भन्ने डरै डरमा बस्दै आएका छन् । कतिपय वालवालिका नजिकै रहेको बिद्यालय समेत जान छाडेको स्थानिय पार्वती चदारोले बताईन् । सार्वजनिक मुद्धा लागेका अभियुक्तहरु बलवालिकाहरुको घरको जिम्मामा छाडेर भारत पलाएन भएका हुन् । फरार रहेका एक अभियुक्त माईला भनिने बिक्रम सुनारले आफुहरुले बिर बहादुर सुनार माथी गोली प्रहार गर्ने सादा पोसाकमा प्रहरी भएको आफुहरुलाई थाहा नभएको टेलीफोन मार्फत बताएका छन् । “बिर बहादुरलाई चोरले गोली हान्यो भनेर सबैले हल्ला गरे । हामी सबै गएर बिर बहादुरलाई बचाउन लाग्यौ” टेलीफोन मार्फत माईला भनिने बिक्रम सुनारले भने । आज नेकपा(एमाले) दोधारा चाँदनी नगरकमिटिको बैठकले गाँउलाई त्रसित गराउदै बन्दुक पड्काएर प्रहरीले ६ जना बिरुद्ध लगाएको सार्वजनिक मुद्धाको बिषयमा प्रहरीको घोर निन्दा गरेको छ् । प्रहरीले गरेको असमाजिक कार्य प्रति पार्टीको आपत्ती जनाउदै प्रहरीले गरेको दमन प्रति खेद प्रकट गरेको छ् ।