महाकाली झोलुङ्गे पुल बाट हामफालेर आत्महत्या गर्ने प्रयास गर्दै गरेका एक ब्यक्तीको उद्धार

Posted on: June 26, 2016 | views: 739

पप्पु गरुङ्, १२ असार, दोधारा चाँदनी । महाकाली झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रयासमा गरेको एक ब्यक्तीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ् । आज अपरान्ह महाकाली झोलुङ्गे पुलबाट हामफाले पछि स्थानियहरुले देखेको बताईएको छ् । तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीे नदीबाट उनको उद्धार गरिएको हो । उनलाई सकुशल दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक शंकर सिंह धामीे जानकारी दिनुभएको छ् । अन्ताजी २६/२७ वर्षिय उक्त ब्यक्ती मानसिक सन्तुलन गुमाएको हुन सक्ने तथा भारतिय नागरिक हुनसक्ने आंकलन गरिएको छ् । अहिले अचेत अवस्थामा रहेको हुदा थप बिबरण थाहा हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ् ।