मोर्गन कप राष्ट्रिय बास्केटबल शुक्रबारदेखि

Posted on: June 22, 2016 | views: 258

काठमाडौं,असार ८ । नेपाल बास्केटबल संघको आयोजनामा १२ औं महिला तथा १३ औं पुरुष मोर्गन कप राष्ट्रिय खुला बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टिमको सहभागिता अनुमान गरिएको आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल र प्रतियोगिताको मुख्य प्रायोजक बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा हुने छ ।


नेपाली सिनियर पुरुष टिमले जुलाइ ६ देखि ८ तारिखसम्म भारतको बैंगालुरुमा हुने २४ औं फिबा एसिया च्यालेन्ज क्वालिफाइङमा सहभागिता जनाउने भएकाले सिनियर पुरुष टिमका सदस्यले प्रतियोगितामा भाग लिन पाउने छैनन् ।