ओली भन्छन् भारत भ्रमण सफल भयो । जनता भन्छन्-'भारतले नाकाबन्दीबारे के बोल्यो ?

Posted on: May 01, 2016 | views: 195

१३ फागुन, काठमाडौं ।
सार्वजनिक रुपमा १९५० मा भारतले नेपालमाथि गरेको असमान सन्धिको पुनरावलोकन गर्ने बिषय उठाउनु बाहेक अन्य कुनै उपलब्धि हात पार्न नसकेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण सफल भएको दावी गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा सुस्ता र कालापानीबारे छलफल भएको ओलीको दावी छ । तर यसबारेमा भारतले न कुनै विज्ञप्ति निकालेर ओलीसँगको छलफल बारे बताएको छ न त ओलीको भारत भ्रमणबारेनै कुनै विज्ञप्ति जारी गरेको छ ।

छ दिने भारत भ्रमण पुरा गरेका बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भने(‘कालापानी, सुस्ता जस्ता कतिपय पहिला चर्चा भएका तर नसल्टिएका विषय पनिमा पनि छलफल भएको छ र अगामी दिनेमा टुग्याउने सम्वन्धमा भारतको सकारात्मक दृष्टिकोण छ ।’

सीमासहित बनाएको बाँध लगायतका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुसँग छलफल भएको ओलीको दाबी छ ।

भारतले नेपालमाथि गरिरहेको अन्याय र त्यसको पछिल्लो श्रृंखला नाकाबन्दीबारे एक शब्द नबोलेको भारतले हेपाहा प्रवृत्ति कायम राखेको भन्दै जनस्तरबाट बिरोध र ओलीको भ्रमण असफल भएको बताइरहँदा प्रधानमन्त्रीको यस्तो धारणा आएको हो ।

भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल भारतको परस्परको सम्मान, हित र मित्रताका आवश्यकता र व्यवहारिक रुपमा कसरी अगाडि लान सकिन्छ भनेर छलफल गरेको ओलीको भनाई छ ।

ओलीले भने-'भारत भ्रमण सफल भएको छ । कतिपय कारणले सम्वन्धमा तुसारो परेजस्तो देखिए पनि अब त्यस्तो हुने छैन भन्ने मैले ठानेको छु ।’

प्रधानमन्त्री ओलीले नेपालमा बनेको संविधानको भारतले स्वागत गरेको र त्यसलाई महत्वपूर्ण उपलब्धी भनेको बताए । स्मरणीय छ छिमेकी देश भारतले नेपालमा संविधान बन्दा स्वागत र बधाई दिनुको साटो भारत परस्त केही मधेशी मुलका नेताले गरिरहेको भारतीय नागरिकलाई नेपाली सरह सुविधा र अधिकार दिनुपर्ने अंगिकृत मुद्दा उठाएर कथित आन्दोलन गरिरहेका छन् ।

सीमांकन विवाद सुल्झाउन उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा बनाइएको संयन्त्रबारे समेत छलफल भएको प्रधानमन्त्रीको भनाई छ ।