जापानको जंगलमा हराएका ७ बर्षे बालक ६ दिनपछि यस्तो अवस्थामा भेटिए

Posted on: June 03, 2016 | views: 6935

गोकर्ण अधिकारी-२१ जेठ, टोकियो ।
५ दिन देखी होकाइदोको जंगलमा हराइरहेका ७ बर्षिय बालक सकुशल भेटिएका छन् । उद्दारकर्मीहरुनै चकित पर्नेगरि बेपत्ता बालक भोको अवस्थामा एक झुपडीमा सुतिरहेको अवस्थामा भेटेका हुन् ।

यामातो तानोका शुक्रबार साँझ म्याटेसमा सुतिरहेको अवस्थामा भेटिएका हुन् ।

बालकका आमा बाबुले तानोकालाई गाडीबाट ओर्लन दवाव दिएपछि उनि घना जंगलबिच ओर्लीएका थिए ।
गुडिरहेको गाडीबाट तरकारीका टुक्रा र ढुंगाले बाहिर गुडेका गाडी र मान्छेलाई हानेपछि पाठ सिकाउन भन्दै उनिहरुका बाबु आमाले गाडीबाट ओरालेका थिए ।

एकछिन डर देखाएर पाठ सिकाउने भन्दै केही पर पुगेर करिव ५ मिनेट पछि आउँदा बालक बेपत्ता भएपछि जापानी उद्दारदल शनिवारदेखी खोजिमा लागेको थियो ।

३ सय बढी सुरक्षाकर्मी सहित हेलिकोप्टर समेतको परिचालन गरेर बालक खोजिमा लागेको उद्दारदलले बालक सकुशल भेटिएपछि प्रयास सफल भएको भन्दै खुशी व्यक्त गरेको छ ।

उद्दारकर्मीहरुका अनुसार भोको अवस्थामा भेटिएका बालकले ५ दिन आफुले केही नखाएको पानी मात्र खाएर बाँचेको बताएका छन् । उनलाई उद्दारकर्मीहरुले भेटेपछि खानेकुरा दिंदा उनले भोको पेटमा धेरैनै खाएको बताएका छन् ।

बालकका आमा बाबुले छाडेको जंगलदेखी ५ किलोमिटर पर भेटिएका बालकलाई उद्दारपछि अस्पताल भर्ना गरिएको छ । बालकको स्वास्थ्य परिक्षणपछि डक्टरहरुले बालकको खुट्टामा सामान्य चोट बाहेक अन्य अवस्था सामान्य रहेको बताएका छन् ।

बालकका आमा बाबुले आफ्नो छोरालाई अस्पतालमै पुगेर भेटेका छन् । बच्चालाई भेटेपछि धेरैबेर रोएका आमाबाबुले अब कहिल्यै यस्तो अपराध नगर्ने बताउँदै खोजिमा संलग्न सुरक्षाकर्मीलाई आफ्नो छोरा सकुशल फेला पारिदिएकोमा धन्यवाद दिएका छन् ।


सुरुमा होकाइदो जंगल क्षेत्रका पार्क घुम्न जाँदा बच्चा हराएको भन्दै प्रहरीमा रिपोर्ट लेखाएका बालकका आमा बाबुले पछि मात्र सत्य कुरा बताएका थिए । त्यसलगत्तै शनिवार देखी खोजिमा खटिएको प्रहरीले बालक सकुशल भेटेपछि प्रयास सफल भएको प्रतिक्रिया दिएको छ । प्रहरीले बालकलाई थप अनुसन्धान र स्वास्थ्य हेरेर परिवारको जिम्मामा लगाउने बताएको छ ।

विश्वभर समाचार बनेको यो घटनामा बालकका आमाबाबुले सजायको नाममा निर्दयी बनेको भन्दै जापानभर उनीहरुको आलोचना सहित कडा सजाय हुनुपर्ने माग उठेको थियो ।

जापानमा रिसको झोकमा जंगलमा बच्चा छाड्दा बेपत्ता, सयौं सैनिक खोजिमा (घटनाको नालीबेली)