जापानमा रमेश दर्जी उपचारार्थ ७ लाख संकलन, हस्तान्तरण गर्न दिलु खत्री जाँदै

Posted on: May 02, 2016 | views: 342

मदन पाठक-१२ फागुन, टोक्यो ।
अनुहारमा लागेको अनौठो खालको छालाको रोग र शरिर अशक्त भएपछि थलिएका बालक रमेश दर्जीको उपचार सहयोगार्थ जापानमा ७ लाख बढी रकम संकलन भएको छ ।

रमेश दर्जी बजाउ अभियानको नेतृत्व गरिरहनुभएका बागलुङ समाज जापानका वरिष्ठ सल्लाहकार दिलु खत्रीका अनुसार यो अभियानमा ७ लाख बढी रकम संकलन भइसकेको छ ।

दिलुको उपचारको लागि सहयोग गर्न छिट्टै संकलीत रकम लिएर नेपाल जाने तयारीमा रहेको खत्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको छ ।

व्यक्तिगत रुपमा १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा सहित रकम संकलन थालिएकोमा अहिले त्यो रकम ७ लाख ५२ हजारमा पुगिसकेको भन्दै बागलुङ समाजका बरिष्ठ सल्लाहकार खत्रीले एक कार्यक्रमका बिच नेपाल गएर रकम हस्तान्तरण गर्ने बताउनुभयो ।

काठमाडौंमा उपचार गराएर केहीदिन अघि मात्र आरामको लागि घर गएका बालकको उपचार र जिवन सहयोगको लागि बैंकमा खाता खोलेर अक्षयकोष स्थापना गरिने खत्रीको भनाई छ ।

सामाजिक सञ्जालमा लेख्दै खत्रीले भन्नुभएको छ-'खुसिलाग्यो रमेश बाबु लाई देखेर हाम्रो बाग्लुङ समाज जापान ले उठाएको सहयोग , लगबग नेपालि ७ लाख भन्दा माथि उठेको छ , त्यो रकम लिएर म आफै नेपाल जादै छु , र रमेश बाबु को खाता खोलेर रमेश बाबु को भबिस्य लाई ठुलो काम गर्ने छ , जस्तो मलाई लागेको छ , !'

काठमाडौंमा बालक रमेशको उपचारको लागि देश विदेशबाट रकम संकलन र सहयोग पुर्याउँदै आउनुभएका पत्रकार सरल गुरुगंले उनको उपचार र हालको अवस्थाबारेमा फेसबुकमा यस्तो लेख्नुभएको छ ।

२० दिन अघि उपचारका लागि काठमाडौ आएका रमेश भाइ आज गाउ फर्कदै छन् । उनलाइ पुर्याउन म आफै जादै छु । ११ वर्षदेखि छालाको अनौठो रोग लागेर पनि उपचार नपाएर अन्य थप विभिन्न रोगको सिकार बनेका भाइ रमेशको अन्तत रोग पत्ता लागेको छ । खुसीको कुरा त रोगको उपचार पनि भएको छ । काठमाडौ मेडिकल कलेजका चिकित्सकहरुको निरन्तरको प्रयासपछि भाइ रमेशलाइ वंशाणुगत ुइथायोसिसु भन्ने रोग लागेको पुष्टी भएको हो । यो रोग पुरै ठिक त हुदैन तर यसको असरलाइ कम वा नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि भाइले निरन्तर औषधि खानु र लगाउनु पर्नेछ । रमेश भाइको छालामा पलाउने कालो तहलाइ औषधिले कम गरेपछि उनलाइ सजिलो हुनेगर्छ । तर छालाको रोग कम भएपछि चिकित्सकहरु उनलाइ हिड्न सक्ने बनाउन जुटेका छन् । तर भिटामिन डि र क्यालसियमको कमीले उनको हात, खुट्टा र करङका धेरै हड्डी भाचिएको छ ।

छाला बाक्लो र कालो भएकाले उनको छालाले घामको सम्पर्कमा आएर भिटामिन डि उत्पादन गर्न सकेन । जसले उनको शरिरमा भिटामिन डि र क्यालसियमको कमी भयो । परिवार गरिब भएकाले प्रसस्त पौष्टिक आहारा खान नपाउदा रमेश कुपोषणको शिकार पनि बने । जसले गर्दा रमेशलाइ छालाको रोगबाहेक हड्डी कमजोर हुने रिकेट नामक रोग पनि लागेको छ । रमेश कुपोषणबाट पनि ग्रसित छन् । लामो समयसम्म खुट्टा खुम्चाएर राख्दा रमेश भाइको खुट्टा दोब्रिएको छ । उ हिड्न सक्दैनन् । चिकित्सकले उनको खुट्टाको अप्रेसन गरेर रमेशलाइ हिड्न सक्ने बनाउने वचन दिएका छन् । तर त्यसका लागि सबैभन्दा पहिले उनको हड्डी बलियो बनाउनु पर्ने हुन्छ । रमेशले क्यालसियम र भिटामिन डिको क्याप्सुल खान थालिसकेको छ । रमेशले छ महिनासम्म क्याप्सुल र पौष्टिक आहार खानु पर्छ । त्यसपछिमात्रै रमेशको खुट्टाको अप्रेसन हुने छ । आशा गरौ रमेश एक दिन हिड्न सक्ने छ ।

रमेश यसपालि घर गएपनि हरेक एक महिनामा डाक्टर देखाउन काठमाडौ आइरहनुपर्ने छ । त्यसैले अर्को पालीदेखि हामीले रमेशलाइ काठमाडौमा असक्त बालबालिका बस्ने राम्रो कुनै राम्रो होममा केही महिना राख्ने तयारी पनि गरिरहेका छौ । जसले रमेश गाउ आउ जाउ गर्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् ।

रमेशको छालाको सबै उपचार निशुल्क भएपनि खुट्टाको सफल उपचारका लागि भने परिवारले नै खर्चको जोहो गर्नु पर्ने छ । रमेशलाइ जिवनभरी नै औषधि र पौष्टिक आहार खानुपर्ने भएकाले उनको परिवारलाइ आर्थिक भार पर्ने देखिन्छ । रमेशको बाकी जिवन सरल र सुखमय बनाउन गाउलेले रमेश बावुको नाममा बैक खाता संचालन गरिसकेको छ ।

सबै सहयोगि हात प्रति मुरी मुरी धन्यवाद ।
खासगरी निशुल्क उपचार गरिदिने काठमाडौ मेडिकल कलेज तथा डाक्टरहरु सबिना भट्टराइ रुपक घिमिरे र श्रेया बस्ताकोटीको टिमलाइ धन्यवाद ।