काठमाडौंमा भूकम्पको धक्का महसुस

Posted on: May 24, 2016 | views: 380

कठमाडौं,जेठ ११ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार मध्य राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दू भएर  भूकम्प गएको हो । यसअघि ९ दिनअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।