सिंहको खोरमा नांगै पसेर आत्महत्या प्रयास, दुई सिंहको मृत्यु (फोटो फिचर)

Posted on: May 22, 2016 | views: 505

एजेन्सी ।
आत्महत्या गर्न सिंहको खोरमा पसेका एक व्यक्तिलाई सिंहले सुरुमा क्वाप्पै टोक्यो । स्यालले कुखुरा च्यापे जसरी सिंहले टोक्दै लुछ्न थालेपछि आत्महत्या गर्न पसेका व्यक्ति चिच्याउन थाले ।

अनि सुरक्षाकर्मीले उनलाई बचाउन गोली हान्दा दुईवटा सिंहको मृत्यु भयो तर आत्हत्या गर्न पसेका व्यक्ति जिवितै सिंहको खोरबाट निकालिए ।

घटना हो चिलिको । समाचार अनुसार सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै जाना जान हाम्फालेका थिए ।

तर आत्महत्या गर्न सिंहको खोरमा पसेका व्यक्ति बचाउन चिडियाखाना प्रशासनले गोली चलाउँदा दुई वटा सिंह मारिन पुग्यो ।

‘मान्छे खसेपछि पहिलो प्राथमिकता मान्छे बचाउनु भएकाले गोली चलाउँदा सिंह मारिन पुगेको चिडियाखाना प्रशासनले बताएको छ ।




चिलीको सैंटियागो महानगर चिडियाखानामा शनिवार खसेका अन्दाजी २० वर्षीय युवकलाई सींहको पञ्जाबाट उद्धार गरी नजिकैको अस्पताल लगिएको छ ।

उद्दार गरिएका ति व्यक्तिको मृत्यु नभएपनि अवस्था अत्यन्तै चिन्ताजनक रहेको र गम्भिर अवस्थामा उपचार भइरहेको बताइएको छ ।

शनिबार दिउँसो भीडभाडको समयमा ति व्यक्ति सुरक्षाकर्मीको आँखा छलेर हतार हतार लुगा फुकालेर सिंहको खोरमा हाम्फालेका थिए ।




मान्छे खस्ने बित्तिकै दुई वटा सिंहले टोक्न सुरु गरेका थिए । मान्छेनै खसेपछि सुरुमा बचाउनको लागि गोली चलाएपनि पछि ति व्यक्तिको कपडामा सुसाइड नोट फेला परेको चिडियाखाना प्रशासनले बताएको छ ।