यातायात कार्यालयमा प्रहरीको छापा, २७ जना दलाल पक्राउ

Posted on: May 02, 2016 | views: 322

ललितपुर, फागुन १० । ललितपुरको एकान्तकुनास्थित यातायत कार्यालयमा सोमवार प्रहरीले छापा मारेको छ । एकान्तकुना र ताल्छिखेलमा प्रहरीले छापा मारेर  ३ महिलासहित २७ जनालाई पक्राउ गरिएको एसएसपी पीताम्बर अधिकारीले जानकारी दिए ।  कार्यालयको कागजात तथा ढड्डा यातायात कर्मचारीकै मिलेमतोमा दलालहरुले बाहिर ल्याएको अवस्थामा प्रहरीले ढड्डासहित उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले केही मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई ललितपुर प्रहरी परिसरमा राखिएको छ । कर्मचारीले काममा ढिलासुस्ती गर्ने र दलालहरुको मिलेमतोका भ्रष्टाचार गर्ने गरेको उजुरीका आधारमा प्रहरीले छापामा मारेको हो ।