‘भूमि सुधारलाई पर्खेर बसे कृषि क्षेत्रको विकास पछाडी पर्छ’-कृषि मन्त्री

Posted on: May 22, 2016 | views: 189

काठमाडौं,जेठ ९ । कृषि विकास मन्त्री हरिबोल गजुरेलले भूमि सुधारलाई पर्खेर बसे कृषि क्षेत्रको विकास पछाडी पर्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिसुधार सम्बन्धमा २०५१ सालयता बनेका आयोगहरुले दिएका प्रतिवेदनहरु दराजमा थन्किएर बसेको अवस्थामा भूमिसुधार होला भनेर विश्वास गर्न नसकिने बताए । आयोगहरुले दिएका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सक्ने अवस्था नरहेपनि कृषकहरुलाई दिइने सुविधा बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको जानाकारी दिए । कार्यक्रममा उनले कृषकहरुलाई दिइने सुविधा सम्बन्धी भने प्रष्ट पारेनन् ।