सशस्त्र प्रहरीको मनकामना गणमा बम विस्फोट,आठ घाइते

Posted on: May 22, 2016 | views: 171

तनहुँ,जेठ ९ । तनहुँमा सशस्त्र प्रहरी बलको गणमा आइतबार ग्रिनेट बम विस्फोट हुँदा आठ जना घाइते भएका छन् । तनहुँको भानु नगरपालिकास्थित मनकामना शसस्त्र प्रहरी गणमा हतियार प्रयोग सम्बन्धि तालिम भइरहेका बेला ग्रिनेट बम विस्फोट हुँदा आठ जना प्रहरी बलका हवल्दार घाइते भएका तनहुँ प्रहरीले जनाएको छ ।


विस्फोटमा परी सशस्त्र प्रहरी हबल्दार चौधरीको दुवै हातको पञ्जा गुमेको बताइएको छ । सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन् । घाइते मध्य दुई जना स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि डिस्चार्ज गरिएपनि बाँकी रहेका ६ जना घाइतेको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।