माओवादी केन्द्रमा दोस्रो वरियताको लडाईं सुरु,वैठक ३ बजेसम्मको लागि स्थगित

Posted on: May 22, 2016 | views: 156

काठमाडौं,जेठ ९ ।  विभिन्न माओवादी समुहसँग एकीकरणपछि बनेको माओवादी केन्द्रमा दोस्रो वरियताको विवाद सुरु भएको छ ।  विवादले जम्बो समिति भएकाले पार्टी कार्यालयमा ठाउँ अभावले पार्टी प्यालेसमा बैठक पनि सरेको छ । नारायणकाजी र बादलमध्ये दोस्रोमा को भन्ने विवादले बत्तीसपुतलीस्थित अनुपमा फुडल्यान्ड एन्ड ब्यांकेटमा दिउँसो १ बजेको लागि बोलाईएको वैठक ३ बजेसम्मको लागि सारिएको छ ।  


गत जेठ ६ गते एकता घोषणा गरेको केन्द्रले ६९९ सदस्यिय आयोजक समिति रहने र केन्द्रमा उपमहासचिवको व्यावस्थ गर्ने भनेर नीतिगत निर्णय गरेको भएपनि पदाधिकारी र थप गर्ने संख्या आज आइतबार बस्ने बनेको बैठकसम्म टुङग्याउन सकेको छैन । आइतबार बिहान राखेको माओवादी केन्द्र महाधिवेशन आयोजक कमिटीको बैठक यही विवाद समाधान गर्न दिउसो ३ वजेसम्मका लागि स्थगित गरिएको छ । 


शीर्ष तहमा बैठक बसी दोस्रो वरियताको विषय टुङ्ग्याएर मात्रै महाधिवेशन आयोजक समितिको बैठक बस्ने तय भएको माओवादी नेताले जनाएका छन् । माओवादी समुहहरुको एकीकरणपछि बनेको केन्द्रमा ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । 


एकीकृत पार्टी हुँदा पनि पार्टीको महासचिव रहेको र युद्धकालमा पनि पार्टीको महत्वपूर्ण कमाण्ड सम्हालेका कारण रामबहादुर थापालाई दोस्रो वरियता दिनु पर्ने माओवादी भित्र दवाव छ । उता अहिले दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठलाई दोस्रो वरियता नदिए अप्ठेरो हुने चेतावनी पूर्व जनमोर्चा समुहले दिएको छ ।  


श्रेष्ठलाई वरिष्ठ नेता सहित तेस्रो वरियता दिने प्रस्ताव पार्टीमा आएको वताइएको छ । अध्यक्ष प्रचण्डपछि दोस्रो बरियतामा को रहने भन्नेमा विवाद छ । तर, आइतबार बस्ने महाधिवेशन आयोजक समितिको बैठक अघि नै पोर्ट फोलियोसहित पदाधिकारीको विषयमा अन्तिम सहमति गर्ने तयारी गरिएको छ ।  माओवादी केन्द्रको पदाधिकारी तथा नेताहरुको कार्यविभाजनको निर्णय आज बस्ने बैठकले गर्ने छ ।