नेपाली चेली भारतमा अनागरिक

Posted on: May 22, 2016 | views: 157

९ जेड, नयाँदिल्ली ।
भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्यो । तर उनी अझै अनागरिक छिन् ।
 
नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेकी थिईन ।
 
'अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु',

नागरिकता प्राधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले भनिन्, 'दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने भनेर कुनै सुझाव दिएन ।' कान्तिपुर दैनिकमा समाचार छ ।