सूर्यमा पनि दाग देखियो, दाग पृथ्वि भन्दा ठूलो

Posted on: May 21, 2016 | views: 175

८ जेठ, काठमाडौं ।
चन्द्रमा दागी छ मान्छे त के ? सुर्य मात्रै बेदाग छ भन्नेहरुलाई असत्य सावित गर्दै सुर्यमा लागेको दाग अझै केही दिन रहने भएको छ ।

बिहीबारदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने खगोलशास्त्रीहरुले बताएका छन् ।

सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि यो पृथ्वीको आकारभन्दा कयौं गुणा ठूलो रहेको बताइएको छ ।

सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको बैज्ञानिकहरु बताउँछन् ।

सूर्यको तापक्रम छ हजार डिग्री सेन्टिग्रेड हुने गरेपनि अहिले दाग देखिएको ठाउँमा करिब एक हजारदेखि १५ सय डिग्री सेन्टिग्रेड कम भएको ठानिएको छ ।

सूर्यबाट निस्किने पदार्थ पृथ्वी नजिक आएमा त्यसले अन्तरिक्षयान, भू–उपग्रहलाई बिगार्ने बैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘सूर्यमा चुम्बकीय गतिविधिले गर्दा तापक्रममा हुने परिवर्तनले गर्दा देखिएको ए आर २५४६ नामको दाग लागेको बताइएको छ ।

सूर्यमा देखिएको दाग खुल्ला आँखाले पनि देख्न सकिन्छ । तर पनि खुल्ला आँखाले नहेर्न वैज्ञानिकहरुले आग्रह गरेका छन् ।