बजेट भाषण जेठ १५ मा

Posted on: May 21, 2016 | views: 133

८ जेठ, काठमाडौं ।
सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने गरी  बजेटको तयारीलाई तिब्रता दिएको छ ।  

सरकारको नीति तथा कार्यक्रमकको आधारमा आगामी बर्षको बजेटमा कृर्षि र पूर्वाधारको निर्माणका क्षेत्रमा रुपान्तरणकारी कार्यक्रमहरु ल्याउने गरी बजेटको तयारी भैरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले जानकारी दिनु भयो ।

आगामी आर्थिक बर्षको बजेटलाई नेपालको स्वाधिन अर्थतन्त्र निर्माणको गोरेटो कोर्ने गरी कृर्षि,उर्जा ,स्वास्थ्य तथा रोजगारी वृद्धि एवं दिगो विकासको लक्ष्य सहित आर्थिक विकास र सम्वृद्धिको प्रस्थान विन्दुको बर्षको रुपमा मनाउने गरी बजेटको तयारी भएको पनि उपाध्यक्ष खतिवडालेजानकारी दिनु भयो ।