राजेन्द्र महतो ! पहिले-'अधिकार नपाई काठमाडौं जान्न' अहिले-'अधिकार नपाई फर्कन्न'

Posted on: May 21, 2016 | views: 187

८ जेठ, काठमाडौं ।
६ महिना अघि भारतमा रहेर तराईका जिल्लामा अधिकारको नाममा हिंसा र बन्द हडताल गरिरहँदा अधिकार नपाएसम्म काठमाडौं नजाने घुर्की लगाएका राजेन्द्र महतोले अहिले बोलि फेरेका छन् ।

त्यसोत भारतीय निर्देशन पछि आन्दोलन छाडेर काठमाडौं लुत्रुक्क देखापरेका सद्भावना पार्टीका अध्यक्ष रहेका महतो हिजो आज काठमाडौंका सडकमा आन्दोलनका नाममा एक दुई दर्जन पार्टीका कार्यकर्ता बटुल्दै सडकमा रमीता देखाउँदै आइरहेका छन् ।

सडकको रमितामा जनताको साथ भन्दा आक्रोश र बिरोध बढ्न थालेपछि सिंहदरवार, वालुवाटार रत्नपार्क हुँदै घर न घाटको हुन लागेका महतो अहिले आफूहरु काठमाडौँबाट अधिकार लिएर मात्रै फर्कने बताउँछन् ।

काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा महतोले काठमाडौँ केन्द्रित मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने र सरकारले गम्भीरता देखाए आफूहरुले वार्ताबाटै समस्याको समाधान चाहेको भन्दै आन्दोलन अब गर्न नसक्ने अवस्थामा पुगेको संकेत गरे ।

स्मरणीय छ आन्दोलनको लागि भारतीय नेताको दैलो चहार्न पुगेपनि महतो सहितका तराई केन्द्रित दलहरु भारतको साथ पाएर पनि आन्दोलन थप गर्न नसक्ने भएपछि तराईको आन्दोलन छाड्न बाध्य भएका थिए ।
अहिले फेरी भारतीय ईशारामै केपी ओलि सरकारलाई अफ्टेरोमा पार्नेगरि आन्दोलन अघि बढाउन सकिन्छ कि भनेर काठमाडौंका सडकमा नाटक देखाउन थालेका छन् ।