मुगु जिल्लामा पहिलो पटक बस आयो

Posted on: May 21, 2016 | views: 129

८ जेठ, मुगु ।
मुगुमा पहिलो पटक यात्रुवाहक वस मुगुमा आज पहिलो पटक यात्रुवाहक वस पुगेको छ ।

मुगु सदरमुकामसम्म २०६९ सालमा सडक पुगे पनि यस अघि यात्रुवाहक वस सञ्चालन भएको थिएन ।

सुर्खेतवाट आज दुईवटा यात्रुवाहक वस मुगु सदरमुकाम पुगेको हाम्रा समाचारदाता विनोद मल्लले जनाएका छन् ।

वस मुगु सदरमुकाम पुग्दा स्थानियवासिले वाजागाजा सहित स्वागत गरेका थिए ।

थप वस सञ्चालनका लागि रुट परमिटको प्रक्रिया अघि वढाइएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी दिएको छ ।

सुर्खेतवाट मुगुसम्मको भाडा दुई हजार रुपयाँ रहेको छ ।