योगमा नेपालीको विश्व कीर्तिमान

Posted on: May 21, 2016 | views: 121

८ जेठ, काठमाडौं ।
काभ्रेपलाञ्चोकका योग प्रशिक्षक तथा विश्वदर्शन अभियान नेपालका सदस्य उत्तम मोक्तानले ५० घन्टा १५ मिनेटसम्म विविध योगासन गरी विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले गत वर्ष पुस २–४ गतेसम्म स्थानीय वाल्मीकि विद्यापीठमा सो समयसम्म सार्वजनिक रुपमा योगासन गरेको अभियानका अध्यक्ष नवराज भट्टराईले जानकारी दिए । यसअघि भारतका योगराज सिपीले ४०घन्टा १५मिनेटसम्म योगासन गरेको अभिलेख छ ।

विकासानान्द योगीका शिष्य मोक्तानले विवेकानन्द योग विश्वविद्यालय, बङ्लोर भारतबाट योगमा विद्यावारिधि पनि गरेका छन् । । तीस वर्षीय मोक्तानले झापा र मोरङमा रहेका भुटानी शरणार्थीलाई केही वर्षअघि साढे तीन वर्षसम्म योग सिकाएका थिए ।