गिरिजाले अपहरण गरेको जहाज संग्रहालयमा राखिंदै

Posted on: May 21, 2016 | views: 251

८ जेठ, काठमाडौं ।

पञ्चायती व्यावस्थाविरुद्धको क्रान्तिमा अपहरण गरिएको जहाज र वीपी कोइरालाले चढ्ने गरेको जिप वीपी कोइराला संग्रहालयलाई हसतान्तरण गरिएको छ ।

नेपालगञ्जमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेपाल वायु सेवा निगमले जहाजका पाटपुर्जा र नेपाली कांग्रेस, बाँकेले पुरानो मोडेलको उक्त जर्मन जीप संग्रहालयलाई हस्तान्तरण गरेको नागरिक दैनिकले जनाएको छ ।

कार्यक्रममा वीपीपुत्र शशांक कोइराला उपस्थित थिए । २०३० साल जेठ २० गते कांग्रेसका नेताले विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज अपहरण गर्दा शशांक किशोरअवस्थामा थिए । उनी मातापिता सुशीला र वीपीसँगै भारत प्रवासमा थिए ।

नाइन एन एवीवी कलसाइन भएको उक्त विमान सरकारले २०२८ सालमा खरिद गरेको थियो । त्यसको दुई वर्षपछि नै वीपीको सहमति र गिरिजाप्रसादको योजनामा कांग्रेसले त्यो जहाज अपहरण गरेको थियो । अपहरित जहाजमा तत्कालीन सरकारको ३० लाख भारतीय रुपैयाँ थियो ।