चन्दको भाषण सुनाउन जबर्जस्ती स्कुले बालबालिका ल्याइयो

Posted on: May 21, 2016 | views: 242

८ जेठ, काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको ब्यापक दुरुपयोग गरेको छ ।
 
माओवादीले शुक्रबार राजधानीमा निकालेको जुलुसमा बालबालिकालाई   जबर्जस्ती कितावकापीको झोलासँगै विद्यालयमा पोशाकमै सहभागी गराई दिनभर नारावाजी र प्रर्दशनमा सहभागी गरायो।
 
खुलामंचको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका थिए ।

चर्को घाममा सात आठ वर्ष उमेर बालबालिकालाई जुलसमा हिडाँएर नाच्न, गीत गाउन झन्डा पहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।