पुर्वराजाले भने-समय आएपछि काम गर्छु'

Posted on: May 20, 2016 | views: 175

७ जेठ, सिन्धुली ।

पूर्वराजा ज्ञानेन्द्र शाहले समय आएपछि आफुले काम गर्ने बताएका छन् । शाहले जनताको मनोभावना अनुसार आफूले काम गर्ने बताएका हुन् ।

सिन्धुलीमाढीमा सर्वसाधारणसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने –‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् ।ु
 
देश झन् समस्यामा परेको राजनीतिले बिगारेको गुनासो गरिरहँदा शाहले भने–‘समय आउँछ । समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।ु