प्रहरी हिरासतमा रहेका अभियुक्तको उपचारका क्रममा मृत्यु

Posted on: May 20, 2016 | views: 159

७ जेठ, वीरगञ्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका एक अभियुक्तको समयमा उपचार नपाउदा आज साझ मृत्यु भएको छ । मधुमेह र पायल्सको रोगी रहेका पर्साको महुवन गविस ३ का गणेश साहलाई प्रहरीले समयमा उपचार नगराउदा निजको आज साझ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा मृत्यु भएको हो ।

मधुमेह र पायल्सका रोगि साहको उपचारको अभावमा प्रहरी हिरासतमै बेहोस भएपछि उनलाई उपचारको लागि नारायणी उपक्ष्ँत्रिय अस्पताल वीरगंजमा पठाइएपनि त्यँहा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंमा रेफर गरिएको थियो ।

समयमा अस्पताल पु¥याउन नसक्दा साहको अवस्था गम्भिर रहेको र नेशनल मेडिकल कलेजले पनि काठमान्डौ रेफर गर्न सल्लाह दिएको र प्रहरीले अन्यत्र लग्न नदिएपछि बुबाको मृत्यु भएको छोरा रविशड्ढरले जानकारी दिनुभयो ।

मृतक साहको छोरा रवि शङकरले बुबाको उपचारका लागि पटकपटक प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी केशव राज घिमेरेलाई आग्रह गरेपनि उनीहरुले बेवास्ता गरेको आरोप लगाएका छन् ।

मृतक साहको शवलाई अहिले नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पोष्र्टमार्टमका लागि राखिएको छ । छोराको विवाहमा दाइजोमा जग्गा नपाएको निहुँमा बिहे नै भाँडेर फरार भएका साहलाई प्रहरीले गत जेठ ५ गते वीरगंजबाट पक्राउ गरेको थियो ।

यता पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले प्रहरी हिरासतमा रहदा साहलाई कुनै अभद्र व्यवहार नगरेको र उनलाई समयमै उपचारका लागि अस्पताल पठाएको भएपनि पायल्सको दिर्घा रोगि भएका कारण मृत्य भएको दावी गर्नुभयो ।


पिडितका आफन्तहरुले उच्च मधुमेह र पायल्सका विरामि साहको प्रहरी निगरानीमा उपचार गर्न आग्रह गर्दा समेत प्रहरीले अटेरी गरेको कारण निजको मृत्यु भएको बताउदै दोषि प्रहरीलाई कारवाहीको माग गरेका छन् ।
यसैबिच घट्ना पछि पिडित साहको गाउ महुवानबाट अहिले राती ठुलो संख्यामा स्थानियबासिन्दाहरु वीरगंज आइपुगेका छन् ।