२५६० औं बुद्धजयन्ती धुमधामका साथ मनाउन सुरु

Posted on: May 20, 2016 | views: 151

७ जेठ, बुटवल ।
२५६० औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवंशको अवसरमा बुद्धजमस्थल लुम्बिनीमा विशेष पूजा सहित धार्मिक कार्यक्रमहरु शुरु भएका छन् ।

मायादेवी मन्दिरमा आज बिहान विशेष पूजा गरिएको छ ।औपचारिक कार्यक्रम भोली शुरु हुने भएपनि विभिन्न बौद्ध बिहारहरुमा बौद्ध पूजा पाठ सहित भजन कृतन र प्रवशचन शुरु गरिएको छ ।

आजै,राष्ट्रपति बिद्यादेबि भण्डारी आज बुद्धजन्मस्थल लुम्विनी गई  मन्दिरमा दर्शन गर्नुभयो । उहाँले लुम्विनीमा भइरहेको बिकास निर्माण, लुम्विनी गुरुयोजना र भोली मनाइने बुद्ध जयन्ती बिशेष समारोहका सम्वन्धमा जानकारी लिनु भयो ।

राष्ट्रपति भण्डारी आजै कपिलवस्तुको तिलौराकोट,नवलपरासीको रामग्राम र रुपन्देहीको देवदहको अवलोकन गर्नुभयो ।