राजनीतिक सहमतिमा स्थानीय निकायको निर्वाचन हुन्छ– उपप्रम थापा

Posted on: May 20, 2016 | views: 55

७ जेठ, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकास मन्त्री कमल थापाले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

राप्रपा नेपालले राजधानीमा आयोजना गरेको गोष्ठिलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले देश र जनताको हितको लागि स्थानीय निकायको निर्वाचन अत्यावश्यक रहेको बताउनुभयो ।

संविधानको धारा ३०३ अनुसार सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन घोषणा गरेको स्पष्ट पार्दै उहाँले निर्वाचनको विरोध गरेर राष्ट्र, जनता र संविधानप्रति संविधान निर्माणको नेतृत्व गरेका जिम्मेवार राजनीतिक दलहरुले वेइमानी गर्न नहुने बताउनुभयो ।