सेयर बजार नेम्से अहिलेसम्मकै बढी

Posted on: May 19, 2016 | views: 182

७ जेठ, काठमाडौं ।
नेपाली सेयर बजार नेप्से परिसूचक बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

विहीबार नेप्से परिसूचक बढेर १ हजार ५ सय ७ अङ्कमा पुगेको हो ।

बिहिबार शेयर बजारमा १ सय ३४ कम्पनीका १९ लाख ६३ हजार १ सय १७ कित्ता सेयर किनबेचमा १ सय ८ अर्व ५६ करोड रुपियाको कारोवार भएको नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो ।

बजार तिव्र रुपमा बढ्दा वा घट्दा कम्पनीको वास्तविकता बुझेर मात्र लगानी गर्नु उपयुक्त हुने नेप्सेले जनाएको छ ।