रसुवा भन्सारले १ करोड ४० लाख राजश्व उठायो

Posted on: May 19, 2016 | views: 164

६ जेठ, धुन्चे ।

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा करिव १ अर्व ४० करोड रुपियाँ राजस्व असुली गरेको छ ।

कार्यालयलाई चालु आर्थिक वर्षको शुरुमा ४० करोड राजस्व असुलीको लक्ष प्राप्त भएकोमा पछि लक्ष परिमार्जन गरी २ अर्व ४० करोड लक्ष निर्धारण गरिएको थियो ।

राजस्व असुलिका लागि प्राप्त लक्ष पुरा गर्न जाँचपास सहजिकरण लगायतका विभिन्न रणनीति अवलम्वन गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिनुभयो ।

प्रमुख भन्सार अधिकृत पनेरुका अनुसार त्यस क्षेत्रको भौगोलिक बनावट र सुरक्षा सतर्कताका कारण चोरी पौठारीको सम्भावना अत्यन्त न्यून रहेको र व्यापारीहरुको सहजताका लागि कार्यालयले सक्दो सहयोग गरिरहेको छ ।

गल्छी, वेत्रावती, मैलुङ हुदै रसुवागढीपुग्ने सडक मर्मत र स्तरोन्ती गर्ने कार्य भइरहेको र वर्षा याममा समस्या नहोस भन्नका लागि सडक विभागले अहिलेदेखि नै सावधानीका साथ विशेष व्यवस्था गरेकाले वर्षा याममा पनि खासै समस्या नआउने प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिनुभयो ।

गत वर्षको भुकम्पका कारण बन्द रहेको रसुवा भन्सार नाका गत मंसिर १४ गतेदेखि सञ्चालनमा आएको हो ।