प्रधानमन्त्री भन्छन्-नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र हो'

Posted on: May 19, 2016 | views: 128

६ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बुद्धको जन्मभुमी मात्र नभएर वुध्दिजमको स्रोत पनि भएको बताउनुभएको छ । 


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको काठमाण्डौमा उद्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले अहिलेको द्वन्दग्रस्त विश्वमा बुद्धले देखाएको वाटो अनुशरण गर्नसके धेरै समस्या समाधान हुने वताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुद्ध एसियाको मात्र नभएर समग्र विश्वकै ज्योति रहेको र बुद्ध दर्शन शान्ति स्थापनाको बलियो आधार भएको वताउनुभयो । 

उहाँले बुद्धको शिक्षाले सामाजिक सद्भाव, सहिष्णुता, क्षमादान र निस्वार्थलाई विकास गर्न सहयोग पुर्याउने बताउनुभयो । 


प्रधानमन्त्री ओलीले बृहत् लुम्बिनी विकास योजनालाई सरकारले कार्यान्वयनमा लाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेले लुम्बिनी बुद्ध जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थाल भएको बताउनुभयो ।

विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विध्दानको सहभागिता रहेको दुई दिने त्यस सम्मेलनमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।