टाइम्स अफ इन्डियाको भवनमा भीषणा आगलागी

Posted on: May 11, 2016 | views: 175

काठमाडौं,बैशाख २९ ।  चर्चित भारतीय पत्रिका टाइम्स अफ इन्डियाको भवनमा आगलागी भएको छ । नयाँ नयाँदिल्ली स्थित पत्रिकाको कार्यालय भवनको चौथो तल्लामा आगलागी भएको हो । मंगलबार दिउँसो २ बजेर २० मिनेट जाँदा आगलागी भएको  भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन । अहिले पनि सो स्थानमा आगलागी जारी रहेको र ६ ओटा बारुणयन्त्र आगलागी नियन्त्रणमा प्रयासरत रहेका छन्् ।