गोरखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्पको धक्का

Posted on: May 11, 2016 | views: 152

काठमाडौं,बैशाख २९ । उपत्यकामा आज दिउँसो फेरि भूकम्पको झड्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो दुई बजेर ३७ मिनेटमा ४।५ रेक्टर स्केलको भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । यसअघि आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको थियो । गत वर्ष गएको बिनाशकारी भुकम्पपछि हालसम्म पनि धक्काहरु जाने क्रम रोकिएको छैन ।