'मे ५' टोकियोमा हुने चितवन धमाकाको तयारी पुरा

Posted on: May 03, 2016 | views: 183

२१ बैशाख, टोकियो ।

यही मे ५ तारिखका दिन जापानको टोकियो मेगुरो कुमिङ सेन्टेर मा हुन लागेको चितवन धमाका सांगितिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।

आयोजक संस्था चितवन समाजले दिएको जानकारी अनुसार कार्यक्रममा सहभागी हुन कलाकारहरु जापान आइपुगेका छन् ।

“सबैका लागी शिक्षा र स्वास्थ्य चितवन समाज जापानको उद्देश्य ” अनुरुप चितवन समाज जापानले कार्यक्रम गर्न लागेको बताएको छ ।

२ तारिखका दिन नागोयामा भव्यताका साथ कार्यक्रम सम्पन्न भइसकेको र टोकियोको कार्यक्रमको तयारी पुरा भएको आयोजकको भनाई छ ।
यसैगरि ९ तारिकमा ओशाकामा हुन लागेको कार्यक्रमको तयारी समेत चलिरहेको बताइएको छ ।

परोपकारी उधेश्य सहितले आयोजना गरिएको कार्यक्रममा सबै एकजुट हुन आग्रह गर्दै चितवन समाजले जापानमा रहेका सबै नेपालीलाई कार्यक्रममा उपस्थिति हुन आग्रह गरेको छ ।

कार्यक्रममा युवा बिच लोकप्रिय गायिका आस्था राउत, डान्सर पार्वती राई, गायक रमेशराज भट्टराई र कल्पना श्रीपालले आफ्नो प्रस्तुती देखाउनेछन् ।