अख्तियारले समात्दा सिकिस्त कनकमणी सर्वोच्चले छाड्न भनेपछि फुर्तीला

Posted on: May 03, 2016 | views: 638

२१ बैशाख, काठमाडौं ।
अख्तियार र प्रहरीले पक्रेपछि हाइ प्रोफाइलमा गनिने भ्रष्ट अनुहारका कनकमणी दिक्षित जस्ताहरुले बनाउने बहाना हो उच्च रक्तचाप अनि अस्पतालको बास ।

यस्तै बहाना बनाएर हप्तादिन अस्पतालको बास बसेपछि पत्रकारको रुपमा चिनिएर एनजिओ र पश्चिमा देशका ऐजेन्टको रुपमा चिनिएका कनकमणी दिक्षित सर्वोच्च अदालतको आदेश पाएपछि सोमबार हँसमुख अनुहार बनाएर घर फर्कीएका छन् ।

अख्तियारले समात्न नपाउँदै सिकिस्त हुने अनि छाड्न नपाउँदै फुर्तीला बनेर घर फर्कीएका दिक्षितले अलिकति पनि शरम मानेनन् यस्तो नौटंकी व्यवहारमा ।

हुन त अनेक तरहले कमाएको पैसा पत्तो लाग्ने भएपछि सिकिस्त हुनु स्वभाविकै थियो तर सर्वोच्चले छाडिदिन भन्न नपाउँदै कुनै धामीले झारफुक गर्दा चट्ट ठिक भएजस्तो उनको अनुहारको हाँसो र हाउभाउ सर्वोच्च अदालत परिसरमा हेरिनसक्नुको थियो ।

जे हो सर्वोच्चले रिहा गर्न आदेश दिन नपाउँदै खुशी हुँदै मुस्कुराएका दिक्षित फेरी साझा यातायात सम्हाल्न पुग्ने छन् ।

गैरकानुनी रुपमा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा चार हजार १२६ रहेको अख्तियारले बताइरहँदा यि सम्पत्ती नभएको देखाउन अब उनले केके हतकण्डा अपनाउनेहुन् हेर्न बाँकी नै छ ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिषरमा पत्रकार कनकमणि दीक्षित । तस्वीर: कपिल भट्ट
अख्तियारले वैशाख १० गते पक्राउ गरेका दिक्षितले आफुसँग भएको भनिएको सम्पत्तिको बारेमा केही बोलेका छैनन् । उल्टै उनले आफ्नो बचाउ गर्दै एकोहोरो रुपमा अख्तियार प्रमुखले बदला लिएको र आफुसँग गैर कानुनी रुपमा सम्पत्ति विवरण मागेको मात्र बताइरहेका छन् ।

१२ गते विशेष अदालतले दीक्षितलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि दीक्षित सर्वोच्च गुहार्न पुगेका थिए ।

दीक्षितको गुहारमा सर्वोच्चका कायम मुकायम प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चले थुनामुक्त गर्न आदेश दिए सँगै विशेष अदालतले दीक्षितलाई थुनामा राखी अनुसन्धान गर्न दिएको आदेश समेत खारेज भएको छ । सर्वोच्चले थुनामा राखिराख्ने आधार नभएकाले विशेष अदालतको आदेश खारेजको फैसला गरेको छ ।
 sarbochha_faisala-kanakpani-dikshit


आगामी दिनमा दीक्षित विरुद्ध भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्नु परे साधारण तारिखमा राखी अनुसन्धान गर्न समेत अख्तियारको नाममा सर्वोच्चले परमादेश जारी गरेको छ ।

Photo-Himalkhabar