आगलागी पीडितलाई जस्तापाता दिने मन्त्रिपरिषद्को निर्णय

Posted on: May 03, 2016 | views: 189

२० बैशाख, काठमाडौं ।

मन्त्रिपरिषद्को आजको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार  २६ गेजका दुईबण्डल  जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ ।

गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई राहत दिने निर्णय भएको बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सबेको बैठकले मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको पनि मन्त्री पाण्डेले बताउनुभयो ।  

सहस हुनेहरूमा गोविन्दप्रसाद रिजाल,झक्कप्रसाद आचार्य, नवराज ढकाल, नीता पोखरेल अर्याल, उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर हुनुहुन्छ ।