अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको विशेष सहभागिता हुने

Posted on: May 03, 2016 | views: 214

१९ बैशाख, काठमाडौं ।
यसवर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको तर्फबाट उल्लेखनीय सहभागिता हुने भएको छ ।

भगवान गौतम बुद्धको जन्मदिन वैशाख शुक्ल पूर्णिमा 'बुद्ध पूर्णिमा' लाई नेपालले अन्तर्राष्ट्रिय बुद्धजयन्ती एवम् बौद्ध सम्मेलनका रुपमा मनाउने घोषणा गरेको छ ।  

यसवर्ष आगामी जेठ ८ गते परेको बाट जयन्तीका क्रममा नेपाल सरकारले जेठ ६ गतेदेखि काठमाडौंँ र लुम्बिनीमा तीन दिनसम्म सम्मेलनका विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

चीनबाट ठूलो सङ्ख्यामा बौद्धमार्गी, विद्धान विदुषी तथा बौद्ध भिक्षु र बौद्ध दर्शनका अद्येताहरुका साथै चीन सरकारका तर्फबाट पनि ठूलो स्तरको सहभागिता हुने भएको बताइएको छ ।