प्रधानमन्त्री भन्छन्-'जिम्मेवार भएर काम गर्नुस्' गरेका रहेनछन् कि क्या हो ?

Posted on: May 01, 2016 | views: 135

१७ बैशाख, इनरुवा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालय प्रमुखहरुलाई जिम्मेवारीपूर्ण तथा प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

अन्य जिल्ला पुग्दा जस्तै सुनसरी आइपुगेका प्रधानमन्त्री ओलीले प्रमुख जिल्ला अधिकारी सहित क्षेत्रीय प्रशासक र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा शिक्षा, कृषि, वन र सिँचाइ क्षेत्रको विकास गरेर देशको समृद्धिमा योगदान गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा र बेरोजगारीले नेपाली ग्रसित रहेकाले जनताको सेवा सरल, सुलभ र सहज रुपमा गर्नका लागि निर्देशन दिँदै कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्ने सो अवसरमा विचार समेत राखेका थिए ।