ट्राफिक नियममा कडाई,अब न्यूनतम जरिवाना २५ रुपैयाँबाट ५ सय पुग्यो

Posted on: May 01, 2016 | views: 315

काठमाडौं,बैशाख १७ । सरकारले ट्राफिक नियममा कडाई गर्ने भएको छ । यसअघिको तुलनामा सरकारले जरीवाना रकम अस्वाभाविक ढंगले बढाएको छ । नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट ५ सय पुगेको छ । ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई ५ सयदेखि १५ सयसम्मको जरिबाना गर्ने भएको छ । यो नियम  आइतबारबाट देशभर लागु हुनेछ । 

पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो । सवारी नियम मिच्नेलाई कम जरिबाना हुने भएकाले जथाभावी सवारी चलाउनेहरु बढेको भन्दै ट्राफिक प्रहरीले जरिबाना बढाउन यातायात व्यवस्था विभागलाई परिपत्र गरेको थियो ।
रु १००० जरिवाना हुने कसुरहरु

१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

रु ५०० जरिवाना हुने कसुरहरु

१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. हेल्मेट नलगाएको
६. सवारी आवागमनमा बाधा पुर्याएको
७. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८. छतमा यात्रु बोकेको वा राखेको

रु १५०० सम्म जरिवाना हुने कसुरहरु

१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साइड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।