बुद्धजयन्ती मनाउन नरेन्द्र मोदी नेपाल आउने!

Posted on: May 01, 2016 | views: 198

काठमाडौं,बैशाख १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 'वैशाख पूर्णिमा' बुद्धजयन्ती मनाउन नेपाल आउने तयारी गरेका छन् । यसअघि दुई पटक नेपाल भ्रमण गरिसकेका मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन् । मोदीले बुद्धजयन्ती नेपालमै मनाउन चाहेको कोलकातामा आधारित पत्रिका टेलिग्राफले जनाएको छ। मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमारसँगै लुम्बिनी जान चाहेको भारतीय जनता पार्टी स्रोतलाई उद्धृत गर्दै पत्रिकाले जनाएको हो ।  तर त्यसको अधिकारिक पुष्टी भने भएको छैन । नेपालका परराष्ट्र अधिकारीहरुले भने मोदीको नेपाल भ्रमणबारे आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।